हर्क साम्पाङका प्रतिस्पर्धी डा. रक्षकुमार राईको चुनाव खर्च : मःम, चाउमिन र बदाम जुसमा ४० हजार खर्च
सारांश
- मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले सुनसरी-१ बाट चुनावमा ४० हजार ७४० रुपैयाँ खर्च गरे।
- उनको खर्चमा पेट्रोल, चाउमिन, मःम, र पेय पदार्थहरू समावेश थिए।
- डा. राईले चुनावमा १७ मत प्राप्त गरे र बचेको रकम युवा रोजगारीमा लगाउने घोषणा गरे।
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेका छन् ।
उनको खर्चको मुख्य शीर्षकमा पेट्रोल, विभिन्न परिकारका चाउमिन र मःम, तथा पेय पदार्थहरू समावेश छन् । खर्च विवरणअनुसार, डा. राईले ५० लिटर तेल, १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यूमा खर्च गरेका छन् । पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च देखाइएको छ ।
खाजाबाहेक, उनले सय छाक सादा खानामा १५ हजार रुपैयाँ र ५० लिटर पेट्रोलमा ८ हजार २५० रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
३९ वर्षीय डा. राईले यस निर्वाचनमा जम्मा १७ मत प्राप्त गरेका थिए । यसै क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कसाम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन् ।
डा.राईले भड्किलो प्रचारप्रसारमा खर्च नगरेको र त्यसरी बचेको रकम युवा रोजगारीमा लगाउने घोषणा गरेका छन् । आयोगमा पेस गरिएको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीको खर्च कटौती गरी उक्त रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन् ।
_7wwQYdX0mO.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण