विश्व बैंकले गर्यो नेपाललाई झन्डै ७ अर्ब ऋण स्वीकृत
सारांश
- विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ।
- यो ऋण सहायता नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि हो।
- परियोजनाको उद्देश्य वायु प्रदूषण कम गरी वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउनु हो।
काठमाडौं । विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ (५ करोड २० लाख अमेरिकी डलर) बराबर ऋण स्वीकृत गरेको छ।
नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि यो ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ । वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिसलेनले वायु प्रदूषण नेपालका लागि जनस्वास्थ्यको संकटमात्र नभई आर्थिक भारसमेत भएको बताएका छन् । उनले उपचार खर्च बढ्ने र श्रम उत्पादकत्वमा कमी आउँदा कुल गार्हस्थ उत्पादनमै कमी आइरहेको बताए।
उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने, करिब ४ सय उद्योगलाई विद्युतीय बोयलर, आधुनिक भट्टी वा उन्नत प्रदूषण नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण