च्याम्पियन्स लिगमा पीएसजीको सानदार जित, चेल्सी ५-२ ले स्तब्ध
सारांश
- च्याम्पियन्स लिगमा पीएसजीले चेल्सीलाई ५-२ गोलले पराजित गर्यो।
- खेलमा ब्राडली बार्कोला, ओस्मान डेम्बेले, भिटिन्हा र ख्विचा क्वारत्स्खेलियाले गोल गरे।
- पीएसजीले दोस्रो लेग अघि ३ गोलको अग्रता लिएको छ।
काठमाडौ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको गोलको वर्षासहितको रोमाञ्चक खेलमा पीएसजीले प्रभावशाली जित निकाल्दै क्वाटरफाइनलतर्फ बलियो कदम चालेको छ ।
खेलको १० औं मिनेटमा नै ब्राडली बार्कोलाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा मालो गुस्टोले चेल्सीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा, ४० औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।
दोस्रो हाफमा चेल्सीले खेलमा फर्कने सङ्केत देखायो । ५७ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । तर, त्यसपछि पीएसजी खेलमा हाबी भयो । ७४ औं मिनेटमा भिटिन्हाले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।
खेलको अन्तिम समयमा ख्विचा क्वारत्स्खेलिया नायक बने । उनले ८६ औं मिनेटमा र खेलको अतिरिक्त समयको चौथो मिनेटमा गोल गर्दै पीएसजीको ५–२ को सानदार जित सुनिश्चित गरे ।
यो जितसँगै पीएसजीले दोस्रो लेगअघि तीन गोलको महत्त्वपूर्ण अग्रता लिएको छ । चेल्सीलाई अब आफ्नो घरेलु मैदानमा पुनरागमन गर्न निकै कठिन चुनौती हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण