रौतहट प्रहरीले बन्द गर्यो निःशुल्क निवेदनको व्यवस्था
सारांश
- रौतहट प्रहरीले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क निवेदन लेख्ने व्यवस्था बन्द गरेको छ।
- तत्कालीन एसपीको निर्देशनमा सुरु भएको यो सेवा बन्द हुँदा पीडितहरूले फेरि पैसा तिर्नुपर्ने भएको छ।
- प्रहरीको निःशुल्क सेवाले लेखनदास पसलहरू बन्द भएका थिए, तर अहिले ती फेरि खुल्ने सम्भावना बढेको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क निवेदन लेख्ने व्यवस्था बन्द गरेको छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै ठाडो निवेदन (उजुरी) निःशुल्क लेखिदिने व्यवस्था सुरु गरिएको थियो । सोही आधारमा जिल्लाका सबै प्रहरी कार्यालयमा पीडितलाई निःशुल्क रूपमा निवेदन लेखिदिने तथा आवश्यक फर्म उपलब्ध गराउने व्यवस्था सुरु गरिएको थियो ।
गत वर्ष माघ १२ गते तत्कालीन एसपी घिमिरेको निर्देशन भएसँगै एक महिनामै जिल्लाभर ४२६ जना लाभान्वित भएका थिए । प्रहरीको तथ्याङ्कअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ९१, इलाका प्रहरी कार्यालय गरुडामा ५५, जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ तथा इलाका प्रहरी कार्यालय मौलापुरमा २० जनाले निःशुल्क सेवा लिएका थिए ।
कुल २३४ जनाको निवेदन प्रहरीले नै लेखिदिएको थियो भने १९२ जनाले प्रहरीले उपलब्ध गराएको ढाँचामा स्वयं निवेदन भरेका थिए ।
यसअघि सामान्य ठाडो निवेदन लेखिदिएबापत ३०० देखि ७०० रुपैयाँसम्म लेखनदासलाई बुझाउनुपर्ने बाध्यता थियो ।
प्रहरी स्वयंले निःशुल्क निवेदन लेख्न थालेपछि जिल्लाका विभिन्न थाना–चौकी आसपास सञ्चालनमा रहेका दर्जनौँ लेखनदास (निवेदन लेख्ने) पसलसमेत बन्द भएका थिए । प्रहरीको यो पहलको जिल्लावासीले खुलेर प्रशंसा गरेका थिए ।
तर एसपी घिमिरेको सरुवा भएको केही समयसम्म जारी रहेको उक्त व्यवस्था पछिल्ला केही महिनादेखि बन्द भएको छ । परिणामस्वरूप अहिले पुनः पीडित नागरिकले सामान्य निवेदन लेखाउनसमेत पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण