रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा
बिहीबार, २८ फागुन २०८२, १४ : ०५
ललितपुर । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण रथको दुईवटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएपछि नयाँ पाङ्ग्रा बनाइएको हो । रातो मछिन्द्रनाथको पाङ्ग्रा हरेक १२ वर्षमा एक पटक मात्र बनाउने गरेकोमा आगामी बर्षमा हुने जात्राका लागि नै पाङ्ग्रा नभएपछि अहिले नै बनाइएको मछिन्द्रनाथको रथ निर्माण समूहका नाइके दिलकुमार बाराहीले बताए ।
श्री पञ्चमीको दिनदेखि विधिवत पुरा पूजा गरेर पाङ्ग्रा बनाउने काम सुरु गरिएको र आउने शनिबारसम्ममा पूर्ण रुपमा निर्माण भइसक्ने उनले जानकारी दिए ।
रातो मछिन्द्रनाथको जात्रा अन्तर्गत २०८२ साल बैशाख ५ गते रथारोहरण र बैशाख ८ गते रातो मछिन्द्रनाथको रथयात्रा प्रारम्भ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण