पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि विवाह भोजमै गोली प्रहार
सारांश
- भारतको जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि विवाह समारोहमा गोली प्रहार भयो।
- आक्रमणकारी, कमल सिंह जमवालले व्यक्तिगत एजेन्डाका लागि गोली चलाएको स्वीकारेका छन् र उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए।
- घटनापछि, सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ र प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
काठमाडाैँ। भारतको जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि बुधबार एक विवाह समारोहमा ज्यान लिने नियतले गोली प्रहार भएको छ। जम्मुमा आयोजित विवाह भोजमा सहभागी भइरहेका ८८ वर्षीय अब्दुल्लालाई ताकेर ६३ वर्षीय कमल सिंह जमवालले निकै नजिकबाट गोली चलाएका हुन्।
अब्दुल्लाको ‘जेड प्लस’ सुरक्षा घेरा तोड्दै नजिकै पुगेका आक्रमणकारीको निशाना चुकेपछि उनी बाल–बाल बचेका छन्। घटनास्थलमै रहेका नेशनल सेक्युरिटी गार्ड (एनएसजी) का कमाण्डोहरूले तत्कालै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
प्रहरी हिरासतमा रहेका आक्रमणकारी जमवालले आफूलाई कुनै पश्चाताप नभएको र यो क्षणका लागि २० वर्षदेखि पर्खिरहेको बयान दिएका छन्। उनले आफ्नो व्यक्तिगत एजेन्डा पुरा गर्न यो आक्रमण गरेको र अब्दुल्ला बाँचेकोमा उल्टै असन्तुष्टि समेत पोखेका छन्।
उनले आफ्नो लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरी गोली चलाएका थिए। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले आफूलाई कुनै जागरण मञ्चको अध्यक्ष बताउने गरेका छन् र उनी तीनवटा सटरको भाडाबाट गुजारा चलाउँदै आएका व्यक्ति हुन्।
जम्मु–कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाले आफ्ना पिताको ज्यान जोगिएकोमा भगवानलाई धन्यवाद दिँदै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै जेड प्लस सुरक्षा घेरामा रहेका पूर्व मुख्यमन्त्रीको यति नजिक हतियारधारी व्यक्ति कसरी पुग्न सफल भयो भन्ने कुरा रहस्यमय भएको बताएका छन्।
सुरक्षाकर्मीले समयमै हस्तक्षेप नगरेको भए ठूलो दुर्घटना हुन सक्ने उनको भनाइ छ। घटनाको समयमा अब्दुल्लासँगै जम्मु–कस्मिरका उपमुख्यमन्त्री सुरिन्दर चौधरी र मुख्यमन्त्रीका सल्लाहकार नासिर सोगामी समेत सँगै थिए।
प्रहरीले आक्रमणकारीको साथबाट पेस्तोल बरामद गरिसकेको छ र घटना सुरक्षा कमजोरीका कारण भएको हो वा अन्य कुनै षड्यन्त्र छ भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण