आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

बिहीबार, २८ फागुन २०८२, १५ : १२
बिहीबार, २८ फागुन २०८२

जुम्ला । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। तिला गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको बिहीबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भए पछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्ला बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समय सम्म व्यथा लागेर अवस्था जटिल भए पछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिए पछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानु पर्ने अवस्था आएको प्रतिष्ठानले बताएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा उनलाई हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप