मध्यपूर्वी युद्धले म्यान्मा सङ्कट थप गहिरिने जोखिम
काठमाडाैँ । मध्यपूर्व युद्ध र सहायतामा विश्वव्यापी ध्यान केन्द्रित हुँदा म्यान्माको बढ्दो मानव अधिकार उल्लङ्घन र मानवीय सङ्कट ‘अझ खराब’ हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका शीर्ष विज्ञले चेतावनी दिएका छन्।
म्यान्माको सेनाले ‘कू’ गरेर सत्ता खोसेको पाँच वर्षभन्दा बढी समयपछि पनि जुन्ताले नागरिकमाथि निरन्तर आक्रमण गरिरहेको छ र आवश्यक मानवीय सहायतामा अवरोध पुर्याइरहेको म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रयूजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताए।
एन्ड्रयूजले भने, “मध्य पूर्वमा युद्धले म्यान्मा सङ्कटलाई नाटकीय रूपमा बढाउने जोखिम छ र यसले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट म्यान्मालाई अझ बढी ओझेलमा पार्नसक्छ ।”
“अहिले अवस्था निकै बिग्रेको छ । अझ खराब हुन सक्छ्,” हार्वर्ड विश्वविद्यालयको दक्षिणपूर्वी एसिया मानव अधिकार परियोजनाका प्रमुखसमेत रहनुभएका अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट मेनको प्रतिनिधित्व गर्ने पूर्व सांसदसमेत रहनुभएका एन्ड्रयूजले भने ।
अमेरिका र इजरायलको २८ फेब्रुअरीमा इरानमाथि भएको संयुक्त हवाई आक्रमणबाट मध्यपूर्वमा युद्ध सुरु हुनुअघि नै म्यान्मा मानवीय सहायतामा उल्लेखनीय कमीले प्रभावित भएको एन्ड्रयूजले चेतावनी दिए।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यभार सम्हालेपछि विश्वव्यापी अन्तर्राष्ट्रिय कोषमा सहायता कटौतीको कारण नाटकीय रूपमा गिरावट आएको थियो । अन्तर्राष्ट्रिय ध्यान र स्रोतहरू मध्यपूर्वमा केन्द्रित हुँदा त्यो सहायता अब अझ घट्ने सम्भावना छ।
“मध्यपूर्व युद्धले म्यानमारमा अधिकारको रक्षा र प्रवद्र्धन र सहायता प्रदान गर्न काम गरिरहेको संयुक्त राष्ट्र सङ्घ ‘घेराबन्दीमा छ’ भन्ने धारणालाई पनि गहिरो बनाएको छ,” विशेष प्रतिवेदकले भन्याे।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्ले नियुक्त गरेका स्वतन्त्र विज्ञ एन्ड्रयुजले अन्तर्राष्ट्रिय सम्बन्धलाई ‘विशुद्ध लेनदेन’का रूपमा हेरिएको तथ्यको निन्दा गरेका छन्।
एन्ड्रयूजले भन्नुभएको छ, “शक्तिले सही बनाउँछ भन्ने कुरा स्वीकार गर्ने संसार ‘असाधारण रूपमा खतरनाक’ हो।” म्यानमारको अवस्था पहिले नै भयावह छ, नागरिकहरूमाथि आक्रमण तीव्र रूपमा बढिरहेको छ।
“सन् २०२१ मा ‘कू’ को पहिलो वर्षमा सेनाले नागरिक लक्ष्यहरूमा नौवटा हवाई आक्रमण गरेका थिए,” एन्ड्रयूजले भने। गत वर्ष म्यानमारमा सर्वसाधारणको ठेगानामा एक हजार १४० वटा हवाई आक्रमण भएका थिए ।
“मानिसहरू केबल गृहयुद्धको द्वन्द्वमा फसेका छैनन्। यी मानिसहरूलाई निशाना बनाइएको छ।
उनले भने, “हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय दबाबले सकारात्मक प्रभाव पारेको छ, जसले जुन्तामा हतियारको प्रवाहमा उल्लेखनीय कमी ल्याएको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण