मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

शुक्रबार, २९ फागुन २०८२, ०७ : ५६
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन भएको छ।
  • मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।
  • ओलीको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप