शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

आइतबार, ०१ चैत २०८२, १० : ३०
आइतबार, ०१ चैत २०८२

सारांश

  • हरिनगर गाउँपालिका-१ मा सवारी दुर्घटना हुँदा २५ वर्षीय दीपक दासको मृत्यु भएको छ।
  • भुटहाबाट हरिनगरतर्फ जाँदै गरेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दास घाइते भएका थिए।
  • घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार छन्।

सुनसरी । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप