वन जोगाउन भोजपुरमा सप्ताहव्यापी डढेलो नियन्त्रण अभियान
भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो।
'वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता' भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले जिल्लाका अति जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ।
अभियानअन्तर्गत जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने, विद्यालय र समुदायमा पुगेर अन्तरक्रिया गर्ने तथा जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको छ। डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम उच्च रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा, हतुवागढी, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाका तल्लो भेगमा होर्डिङ बोर्डहरू राख्ने र अग्नि रेखा निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ। वन क्षेत्रमा जम्मा भएका सुकेका पातपतिङ्गर र झाडी सफा गरेर डढेलो फैलिन नदिने रणनीति कार्यालयले लिएको छ।
स्थानीय समुदाय र सुरक्षा निकायको समेत सहभागिता रहेको यस अभियानमा वन हेरालुमार्फत नियमित गस्तीको व्यवस्था मिलाइएको छ। वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्ने, आगो लगाएर छाड्ने वा सुख्खा घाँसपात जलाउने जस्ता लापरवाहीले बर्सेनि ठुलो क्षति हुने गरेको छ।
जैविक विविधता र वन्यजन्तुको वासस्थान जोगाउन नागरिक आफैँ सचेत हुनुपर्ने भन्दै वन कार्यालयले डढेलो लागेको देखेमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण