सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्युचाटारमा नगद र गहना चोरी

सोमबार, ०२ चैत २०८२, १३ : ०३
सोमबार, ०२ चैत २०८२

सारांश

  • नागार्जुन नगरपालिका-९ स्युचाटारमा एक डेराबाट लाखौंको धनमाल चोरी भएको छ।
  • चोरले नगद, सुन र चाँदी गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र चोरहरूको खोजी गरिरहेको छ।

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारमा एक डेराबाट लाखौँको धनमाल चोरी भएको छ। दुर्गा कोलोनी नजिकै डेरा गरी बस्ने नवलपरासी पूर्वकी ३६ वर्षीया विमला न्यौपानेको कोठामा आइतबार दिउँसो चोरी भएको हो। 

कोठामा कोही नभएको मौका छोपेर चोरले नगद, सुनका गहना र चाँदी गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल हात पारेको छ। पीडितको उजुरीपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। 

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। पछिल्लो समय काठमाडौँका विभिन्न क्षेत्रमा दिउँसोको समयमा घर तथा डेरामा चोरी हुने क्रम बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप