सुजनलाई दोहोरो स्वर्ण
सारांश
- सुजन कक्षपतिले जर्मनीमा भएको प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन्।
- उनले चाइनिज क्रिएटिभ फर्म र ट्रेडिसनल फर्म विथ वेपनमा स्वर्ण जिते।
- प्रतियोगितामा नेपालसहित १० राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको थियो।
काठमाडौँ । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईले जनाएका छन् ।
वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ जना सहभागी थिए । ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे ।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ । सुजन सातौँ राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन् । सुजन मंगलबार स्वदेश फर्किँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण