सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचन

कुनै पनि दलले बिगारेनन् समानुपातिक सूची

सोमबार, ०२ चैत २०८२, १५ : १५
सोमबार, ०२ चैत २०८२

सारांश

  • निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसदको सूची नबिग्रिएको जनाएको छ।
  • आयोगले दलहरूले पठाएका सूची अध्ययन गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरेको छ।
  • ६ पार्टीले समानुपातिकतर्फ सांसद बनाउन आवश्यक मत प्राप्त गरेका थिए।

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसद पाएका कुनै पनि दलले पठाएको सूची नबिग्रिएको बताएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए । 

‘हामीले दलहरूले पठाएका सूची अध्ययन गरिरहेका छौँ । सबै दलले क्लस्टर मिलाएर सूची पठाएका छन् । कसैको बिग्रेको छैन,’ भट्टराईले रातोपाटीसँग भने । 

उनले आफूहरूले सूची रुजु गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरिरहेको जानकारी पनि भट्टराईले दिए । 

समानुपातिकतर्फ ६ पार्टीले सांसद बनाउन पुग्ने मत ल्याएका थिए । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम सस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप