अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
सारांश
- इरानका सर्वोच्च नेता खामेनीले अमेरिकासँगको तनाव कम गर्ने प्रस्ताव अस्वीकार गरे।
- खामेनीले अमेरिका र इजरायलविरुद्ध बदला लिने अडान लिएका छन्, जसले युद्ध लम्बिने संकेत गर्छ।
- हर्मुज जलसन्धि ठप्प हुँदा विश्वभर तेलको मूल्य बढ्ने र अर्थतन्त्रमा असर पर्ने सम्भावना छ।
तेहरान । इरानका नयाँ सर्वाेच्च नेता आयतुल्ला मोज्तबा खामेनीले अमेरिकासँगको तनाव कम गर्ने वा युद्धविराम गर्ने प्रस्तावहरू अस्वीकार गरेका छन् । रोयटर्सलाई एक वरिष्ठ इरानी अधिकारीले दिएको जानकारी अनुसार दुई मध्यस्थ देशमार्फत तेहरान पठाइएका प्रस्तावहरूलाई खामेनेईले स्पष्ट रूपमा अस्वीकार गरेका हुन् ।
ती अधिकारीका अनुसार आफ्नो पहिलो विदेश नीति बैठकमै खामेनेईको धारणा कडा र प्रतिशोधात्मक थियो । उनले अमेरिका र इजरायलविरुद्ध बदला लिनुपर्ने अडान लिएको बताइएको छ । यद्यपि उनी उक्त बैठकमा प्रत्यक्ष सहभागी थिए वा थिएनन भन्ने स्पष्ट गरिएको छैन ।
इरानमा अमेरिका र इजरायलको युद्ध तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । दुई पक्षीय आक्रमणमा हालसम्म कम्तीमा २ हजार जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । तर युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । यसैबीच, विश्वका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज अझै पनि ठप्पप्रायः अवस्थामा छ । यसले ऊर्जा आपूर्ति प्रभावित भएर विश्वभर तेलको मूल्य वृद्धि र महँगी बढ्ने चिन्ता बढेको छ ।
हहिले शान्तिको समय नभएको भन्दै इरानी सर्वाेच्च नेताले अमेरिका र इजरायलले पराजय स्वीकार्नुपर्ने तथा क्षतिपूर्ति तिर्नुपर्ने सर्त अघि सारेका छन् । उता डोनल्ड ट्रम्पको प्रशासनले पनि पश्चिम एशियाका हयोगी राष्ट्रहरूले अघि सारेका कूटनीतिक पहलहरूलाई अस्वीकार गरेको बताइएको छ ।
यसले वार्ताको सम्भावना अझै कमजोर बनाएको छ । विश्लेषकहरूका अनुसार दुबै पक्षको कठोर अडानले द्वन्द्व अझ लम्बिने संकेत दिएको छ । यसको प्रभाव केवल मध्यपूर्वमै सीमित नभई विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सुरक्षा अवस्थामै गम्भीर असर पार्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण