मलेसिया कारबाहीमा परेपछि एसियन कप छनोटमा नेपाललाई ३ अङ्क
काठमाडौँ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल सङ्घ (एफएएम) लाई कारबाही गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोटमा ३ अङ्क बटुलेको छ ।
एएफसीको अनुशासन तथा आचारसंहिताको धारा ५६ उल्लङ्घन गरेको आरोपमा मलेसियालाई दुई खेलमा ‘फोर्फिट’ हार दिइएको हो । यो सँगै मलेसियाले एएफसी एसियन कप २०२७ अन्तर्गत खेलेका दुई खेलको अङ्क गुमाएको छ ।
मलेसियाले छनोट अन्तर्गत दुई खेल खेलेको थियो । २५ मार्च २०२५ मा नेपालविरुद्धको खेल र १० जुन २०२५ मा भियतनामविरुद्धको खेल दुवैमा मलेसियालाई ०–३ को हार दिइएको छ ।
२५ मार्च २०२५ मा सुल्तान इब्राहिम स्टेडियममा नेपालविरुद्धको २–० को जित र १० जुन २०२५ मा बुकित जलिल राष्ट्रिय रङ्गशालामा भियतनामविरुद्धको ४–० को जितको नतिजा उल्टिएको हो ।
यससँगै मलेसिया फुटबल सङ्घलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि तोकिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण