आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गुर्भाकोट घटना : श्रीमान्‌विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी, छोराको शव अझै भेटिएन

बिहीबार, ०५ चैत २०८२, १४ : २७
बिहीबार, ०५ चैत २०८२

सारांश

  • गुर्भाकोट नगरपालिकाकी एक महिलाले दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी थिइन्।
  • महिलाका बुबाले श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन्, जसले मदिरा सेवन गरी यातना दिने आरोप लगाएका छन्।
  • आमा र छोरीको शव फेला परेको छ भने छोराको खोजी जारी छ।

सुर्खेत । दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको घटनामा उनका श्रीमान् भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ।

मायाका बुबा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी तथा नातिनतिनालाई यातना दिने गरेको र सोही कारण भेरीमा हाम फालेको भन्दै जाहेरी दर्ता गराएका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश केसीले मायाका बुबाले जाहेरी दर्ता गराएको बताए । ‘श्रीमान्‌को चरम यातनापछि नै छोरीले छोराछोरीसहित भेरीमा हाम फालेको कुरा जाहेरीमा उल्लेख छ,’ उनले भने ।

माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहित सम्पर्कविहीन भएकी थिइन् । सोमबार खोजतलास गर्दा भेरी नदी किनारमा मायाको मोबाइल, झोला लगायत फेला परे । त्यसपछि नदीमा हाम फालेको आशङ्कासहित खोजतलास गर्दा मायाको शव सोमबार बेलुका लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको थियो।

त्यस्तै छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१३ भम्कास्थित भेरी नदीमा फेला परेको थियो । यद्यपि छोराको शव भने अझै भेटिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप