शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इरान युद्ध

अजेय मानिने अमेरिकी 'एफ-३५' लडाकु विमानमा हमला, क्षेत्रीय सैन्य अखडामा आपत्कालीन अवतरण

शुक्रबार, ०६ चैत २०८२, ०९ : १७
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • इरानको आकाशमा अमेरिकी एफ-३५ लडाकु विमानमाथि आक्रमण भएको छ, जसले आपतकालीन अवतरण गरायो।
  • आक्रमण इरानबाट भएको आशंका गरिएको छ, र यसले पश्चिमी हवाई प्रभुत्वमाथि प्रश्न उठाएको छ।
  • घटनाको गम्भीर अनुसन्धान सुरु भएको छ, र यसअघि अमेरिकाले केही लडाकु विमान गुमाएको थियो।

इरान । पश्चिम एसियाको आकाशमा असाधारण घटना देखा परेको छ । अमेरिकी संचारसंस्था सीएनएनका अनुसार विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका 'स्टेल्थु लडाक' विमान 'एफ–३५'माथि आक्रमण भएपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अखडामा अवतरण गराउनुपरेको छ।

घटनाले केवल सामान्य सैन्य क्षति मात्र गराएको नभएरघवाई युद्धमा पश्चिमी प्रभुत्वमाथिनै गम्भीर प्रश्न उठाएको छ । एफ-३५ लडाकु जहाजहरू माथि हमलाको घटनालाई जारी युद्धको सबैभन्दा नयाँ र अत्यन्तै चिन्ताजनक संकेत मानिएको छ।

सीएनएनमा उल्लेख भए अनुसार आक्रमण इरानबाट भएको हुनसक्ने आशंका छ। अमेरिकी मध्य कमान्डका प्रवक्ता तथा क्याप्टेन टिम हकिन्सका अनुसार ती स्टेल्थ जेटहरू आपत्कालीन अवतरण हुनु अघि 'इरानको आकाशमा सक्रिय युद्ध अभियानमा' संलग्न थिए।

उनका अनुसार अहिले सबै विमानहरू सुरक्षित रूपमा अवतरण गराइएका छन् । साथै चालक दलको अवस्था पनि स्थिर रहेको छ। घटनाको गम्भीर अनुसन्धान समेत सुरु भइसकेको छ।

गत फेब्रुअरीदेखि जारी इरान युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो। अमेरिका र इजरायल दुवैले प्रयोग गरिरहेका यी अत्याधुनिक विमानहरूको मूल्य प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ ।  यी जहाजहरूलाई लामोदेखी 'अजेय' मानिँदै आएको थियो।

तर पछिल्ला घटनाहरूले भने त्यस्तो धारणा कमजोर हुँदै गएको संकेत दिएका छन्। यसअघिनै अमेरिकाले केही लडाकु विमान गुमाइसकेको भए पनि तीमध्ये कुनै पनि 'शत्रुपक्ष'को आक्रमणबाट नष्ट भएका थिएनन्। केही समयअघि कुवेती हवाई सुरक्षाद्वारा भुलवश गरिएको आक्रमणमा अमेरिकी 'एफ–१५' विमान खसालिएको थियो । जसका सबै ६ जना चालक दल सदस्यलाई भने सकुशल उद्धार गरिएको थियो।

गत हप्ता पश्चिमी इराकमा ‘केसी–१३५ स्ट्राटोट्यांकर’ नामक इन्धन भर्ने हवाईजहाज दुर्घटनाग्रस्त भयो। यसको कारण अझै खुल्न सकेको छैन। अमेरिकी सेनाले उक्त दुर्घटनामा कुनै शत्रु वा मित्र राष्ट्रको संलग्नता नरहेको जनाएको छ। दुर्भाग्यवश उक्त दुर्घटनामा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो।

एफ–३५ जस्तो अत्याधुनिक स्टेल्थ विमानमाथि भएको यो आक्रमणले युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ। यो केवल एक घटनामात्र नभई पश्चिमी हवाई प्रभुत्वको आधार हल्लाउने सम्भावित मोड को रूपमा हेरिँदैछ। समाचारलाई संसारभरका संचारमाध्यमले उल्लेखनीय रुपमा प्रसार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप