गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा होल्ड
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस होल्ड गरेका छन्।
- मन्त्रिपरिषद्को सिफारिस चैत ३ गते राष्ट्रपति कार्यालयमा पुगेको थियो, तर निर्णय भएको छैन।
- नयाँ सरकार बनेपछि मात्रै निर्णय गर्ने राष्ट्रपति पौडेलको तयारी रहेको स्रोतले जनाएको छ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् ।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यो जानकारी मन्त्रिपरिषद् बैठकपछि अर्यालले नै सञ्चारकर्मीहरूलाई दिएका थिए ।
मन्त्रिपरिषद्को निर्णय सिफारिस चैत ३ गते नै राष्ट्रपति कार्यालयमा पुगे पनि राष्ट्रपति पौडेलले निर्णय गरेका छैनन् ।
राष्ट्रपति निकट स्रोतले त्यो निर्णय तत्कालका लागि होल्डमा रहेको जानकारी दियो । नयाँ सरकार आएपछि कन्सर्न बुझेर मात्रै यसबारे राष्ट्रपति पौडेलले निर्णय गर्ने त्यो स्रोतको दाबी छ ।
‘अन्तरिम सरकारका गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने मन्त्रिपरिषद्को सिफारिस अहिले राष्ट्रपतिज्यूले होल्डमा राख्नुभएको छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘एउटै पार्टीको सहज बहुमतको सरकार बन्ने भएकाले नयाँ सरकार बनेपछि सरकारको कन्सर्न लिएर मात्रै नियुक्तिको निर्णय गर्ने उहाँले आफ्नो सचिवालय र निकटस्थहरूलाई अनौपचारिक रूपमा बताउनुभएको छ ।’
गृहमन्त्री रहेकै बेलामा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भएको थियो । अर्यालको राष्ट्रिय सभा सदस्यमा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण