सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दाङको १३२ केभी सबस्टेसनमा आगलागी, विद्युत् आपूर्ति अवरुद्ध

शुक्रबार, ०६ चैत २०८२, १४ : ३६
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आगलागी भएको छ।
  • विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ, जसले गर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
  • आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र सम्बन्धित निकायको टोली खटिएका छन्।

बुटवल । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। 

विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । 

घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप