एल्गोरिदमले मतदाताको दिमाग, व्यवहार र निर्णय कब्जा गर्यो : नेपाली कांग्रेस
सारांश
- नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्दै प्रविधिको प्रभाव र लोकप्रियतावादका कारण सोचेजस्तो नतिजा नआएको निष्कर्ष निकाल्यो।
- कांग्रेसले मतदाताको स्वतन्त्र विवेकलाई नियन्त्रण गरेको र आवेगलाई कच्चा पदार्थ बनाएर मत बटुलेको आरोप लगायो।
- पार्टीले आगामी दिनमा डिजिटल उपनिवेशबाट नागरिकलाई मुक्त गराउन नयाँ रणनीति बनाउनुपर्नेमा जोड दियो।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै प्रविधिको‘एल्गोरिदम’ र ‘लोकप्रियतावाद’ को लहरका कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ।
पार्टीले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो समीक्षा प्रतिवेदनमा आधुनिक प्रविधिले मतदाताको स्वतन्त्र विवेकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा बढेको लोकप्रियतावादको लहरलाई गम्भीर रूपमा लिन नसक्नु पार्टीको ठुलो कमजोरी रहेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।
निर्वाचनमा विचार, सिद्धान्त र एजेन्डाभन्दा पनि जनताको असन्तुष्टि, आवेग र निराशालाई‘कच्चा पदार्थ’ बनाएर मत बटुल्ने काम भएको कांग्रेसको ठहर छ । ‘पुराना सबै खराब र नयाँ आएपछि सबै ठिक हुन्छ’ भन्ने भाष्य निर्माण गरेर मतदाताको निर्दोष मनोविज्ञानमा प्रभाव पारिएको समीक्षामा उल्लेख छ। कतिपय ठाउँमा मतदाताले उम्मेदवार नै नचिने पनि ‘एक पटक नयाँलाई हेर्ने’ लहरका कारण मतदान गरेको कांग्रेसले जनाएको छ ।
प्रतिवेदनमा सबैभन्दा रोचक विषय ’एल्गोरिदम’ को प्रभावलाई बनाइएको छ। कांग्रेसले भनेको छ, ‘पहिले भू–भाग कब्जा गरिन्थ्यो, अहिले एल्गोरिदमले मानिसको दिमाग, व्यवहार र निर्णय कब्जा गर्छ।’ परम्परागत प्रचार शैलीबाट आधुनिक बन्ने क्रममा रहे पनि नेपाली मतदातालाई एल्गोरिदमको ’कैद’ बाट मुक्त गराएर स्वतन्त्र विवेकको खुला मैदानमा ल्याउन नसक्नु पराजयको मुख्य कारण रहेको कांग्रेसको निष्कर्ष छ। आगामी दिनमा नागरिकलाई यो डिजिटल ’उपनिवेश’ बाट स्वतन्त्र गराउन राजनीतिक र प्राविधिक रूपमा नयाँ रणनीति बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ ।
यस्तै, निजी क्षेत्रको विकासमा कांग्रेसले लिएको नीतिका कारण देशमा चौतर्फी परिवर्तन आए पनि त्यसको श्रेय लिन र जनतालाई बुझाउन नसक्दा पार्टीले आलोचना खेप्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण