प्रधानमन्त्री कार्कीले दिइन् कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।
- उनले सुरक्षा निकायका पदाधिकारी, कर्मचारी र मतदाताको योगदानको प्रशंसा गरिन्।
- प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सबैप्रति आभार व्यक्त गरिन्।
जनकपुर । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरेकी हुन् ।
साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु। मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो।’
कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरूले प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका थिए । उनीहरूले निर्वाचनका दौरान देखे भोगेका अनुभव पनि सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण