बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्देशन समितिबाट लोहनीले दिए राजीनामा

आइतबार, ०८ चैत २०८२, १६ : ५६
आइतबार, ०८ चैत २०८२

सारांश

  • राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
  • लोहनीले आइतबार पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

काठमाडौँ । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । लोहनीले आइतबार सो पदबाट राजीनामा दिएका हुन् ।

उनले हालै सम्पन्न आम चुनावमा पार्टीको आन्तरिक तथा अन्य विविध कारणले प्राप्त निराशाजनक परिणामले आफूलाई स्तब्ध बनाएको बताउँदै पार्टी पदाधिकारीतर्फबाट मार्ग प्रशस्त गर्न निर्देशन समितिबाट राजीनामा दिएको बताएका छन् ।  

 पदाधिकारीले तत्काल मार्ग प्रशस्त जनभावना अनुरुप तदर्थ समितिमार्फत महाधिवेशन गरी सो उप्रान्त जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी उक्त जिम्मेवारीबाट अलग भएको उनले उल्लेख गरेका छन् ।

650778996_2796024634080229_2636652936725254781_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप