फिल्म ‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख !
सोमबार, ०९ चैत २०८२, १४ : ०५
सारांश
- २०७९ फागुन २९ गते प्रदर्शनमा आएको 'लालिमा' ले राम्रो व्यवसाय गर्न सकेन।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले ९ दिनमा जम्मा ५ लाखको व्यवसाय गर्यो।
- 'लालिमा' मा रोशनी कार्की, उषा रजक, र शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । ‘लालिमा’ २९ फागुनमा प्रदर्शनमा आएको पहिलो फिल्म हो । एकल प्रदर्शन अवसर पाएको फिल्मले राम्रो व्यवसाय गर्न भने सकेन । फिल्मले ९ दिनमा जम्मा ५ लाख व्यवसाय गरेको छ ।
चलचित्र विकास बोर्डले गत शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५ लाख २९ हजार ७३८ रहेको छ । यो अवधिमा फिल्मको टिकट २ हजार ४० वटा मात्र बिक्री भएको छ ।
रोशन मिराजको निर्देशन रहेको फिल्ममा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला लगायतको अभिनय छ ।
तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित यो फिल्म फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको हो । फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक निर्देशक मिराज आफैँ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण