उद्यमी सुष्मा महराले महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिने
सारांश
- वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले एफएनसीसीआईको निर्वाचनमा कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छिन्।
- महराले देशभर फेसियल हाउस ब्रान्डमार्फत ब्युटी सलुन विस्तार गरी ३०० भन्दा बढी महिलालाई रोजगारी दिएकी छिन्।
- उनले महिला सहभागिता, एसएमई सुदृढीकरण र सेवा क्षेत्रको औपचारिकीकरणलाई प्राथमिकता दिने बताएकी छिन्।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने भएकी छिन् ।
लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन् ।
उम्मेदवारी घोषणा गर्दै महराले ‘सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार’ भन्ने मूल नारालाई अघि सारेकी छिन् । उनले महिला सहभागिता विस्तार, साना तथा मझौला उद्यम (एसएमई) को सुदृढीकरण र सेवा क्षेत्रको औपचारिकीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएकी छिन् ।
आगामी २९ र ३० गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण