सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वुमन्स च्यालेन्ज ट्रफी : बन्द प्रशिक्षणका लागि २९ सदस्यीय टोली छनोट

बुधबार, ११ चैत २०८२, १० : १७
बुधबार, ११ चैत २०८२

सारांश

  • नेपाल क्रिकेट संघले २०२६ को आइसिसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि २९ सदस्यीय प्रारम्भिक महिला टोली घोषणा गर्‍यो।
  • प्रारम्भिक टोलीमा अनुभवी खेलाडी र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने युवा खेलाडीहरू समावेश छन्।
  • छनोट भएका खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन गर्नेहरू रुवान्डा जाने अन्तिम टोलीमा पर्नेछन्।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ को अप्रिलमा रुवान्डामा आयोजना हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक महिला टोलीको घोषणा गरेको छ। क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि २९ सदस्यीय टोली छनोट गरेको जानकारी दिएको हो।

प्रवक्ता छुम्बी लामाका अनुसार यस प्रारम्भिक क्याम्पका लागि अनुभवी र युवा खेलाडीहरूको समिश्रणसहितको टोली तयार पारिएको छ। छनोटमा परेका खेलाडीहरूमा बिन्दु रावल, सम्झना खड्का, पूजा महतो, इन्दु वर्मा, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी र कविता कुँवर रहेका छन्। त्यसैगरी रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कठायत, मनीषा उपाध्याय, सिमाना केसी, राजमती ऐरि र रचना चौधरी पनि टोलीमा अटाएका छन्।

टोलीका अन्य सदस्यहरूमा खुसी डङ्गोल, सुधा धामी, किरण कुँवर, अलिशा यादव, तृष्णा बिक, कुसुम गोदार, सीता रानामगर, सोनी पाख्रिन, सना प्रवीण, लक्ष्मी साउद, यशोदा विष्ट, एञ्जि पाठक र रमा बुढाथोकी रहेका छन्।

अब यी खेलाडीहरूले रुवान्डा भ्रमणको अन्तिम टोलीमा स्थान बनाउनका लागि बन्द प्रशिक्षणमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

Camp Squad Womens

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप