पूर्वपरराष्ट्रमन्त्री महतलाई पराजित गर्ने तिमिल्सिना बने सञ्चारमन्त्री
सारांश
- डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
- उनले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।
- डा. तिमिल्सिनासँग सञ्चार क्षेत्रको १५ वर्षको अनुभव छ र उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य हुन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित मन्त्रिपरिषदमा डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई उनकै गृह जिल्लामा पराजित गरेका डा. तिमिल्सिनाले अब सञ्चार मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.तिमिल्सिना २२ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा. प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गरेका हुन् । महतले १८ हजार ५९७ मत प्राप्त गरेका थिए ।
दुई वर्षअघि मात्रै राजनीतिमा सक्रिय भएका डा. तिमिल्सिनाले दशकौँदेखि राजनीतिमा स्थापित नेतालाई पराजित गरेका हुन् । डा. तिमिल्सिना संसदमा रहेका नौ जना विद्यावारिधि प्राप्त सांसदमध्ये एक हुन् । उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति, भू–राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । उनको शोधग्रन्थ ‘नेपालको शान्ति प्रक्रियामा बाह्य शक्तिको भूमिका’ विषयमा केन्द्रित थियो ।
उनले युनिभर्सिटी अफ क्वीन्सल्याण्डबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा कूटनीति तथा अन्तर्राष्ट्रिय कानुन अध्यापन गर्थे ।
नवनियुक्त सञ्चारमन्त्री डा. तिमिल्सिनासँग सञ्चार क्षेत्रको करिब १५ वर्षको अनुभव छ । उनले एक दशकअघि रेडियो सगरमाथामा नौ वर्षसम्म कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा काम गरेका थिए । अष्ट्रेलियामा रहँदा उनले ब्रिसबेनबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक र सिड्नीको ‘साउथ एसिया डटकम’ मा सम्पादकीय सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
सन् २०२३ मा ‘एशियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्च’ स्थापना गरी नीतिगत छलफलमा सक्रिय डा. तिमिल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यसमेत हुन् । कूटनीति र सञ्चार दुवै क्षेत्रको विज्ञता भएकाले उनले सञ्चार मन्त्रालयमा नीतिगत सुधार गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण