शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

ओली र लेखकलाई नियन्त्रणमा लिइँदै

शनिबार, १४ चैत २०८२, ०५ : ०७
शनिबार, १४ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ।
  • नक्सालस्थित आइजीपी निवासमा गृहमन्त्री, आइजीपी र सशस्त्र प्रहरी प्रमुखबीच पक्राउबारे छलफल भएको थियो।
  • नयाँ सरकार गठन भएलगत्तै गौरीबहादुर कार्कीको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो।

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गर्न लागेको छ । प्रहरी उच्च स्राेतका अनुसार तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइने तयारी भइरहेकाे हाे । 

गए राति नक्सालस्थित आइजीपीकौ निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी आइजीपी दानबाहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबिच उनीहरूलाई पक्राउ गर्नेबारे छलफलभएको थियो । अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखकको निवासमा प्रहरी पुगेको छ । 

शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप