मधेस प्रहरी हाई अलर्टमा, राजनीतिक गतिविधिबारे लिन थालियो सूचना
सारांश
- प्रहरी हेड क्वाटरले मधेसमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
- पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ परेपछि हाइ अलर्ट जारी गरिएको हो।
- जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ।
जनकपुर । देशमा उत्पन्न राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सतर्कता अपनाउन प्रहरी हेड क्वाटरको निर्देशक भएको छ । पूर्व प्रधानमन्त्री केपी ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रहरी मुख्यालयले मधेस प्रहरीलाई हाइ अलर्टमा बस्न सकुर्लर जारी गरेको छ ।
शनिबार बिहानदेखि नै हाइ अलर्टमा रहन सर्कुलर भएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाका अनुसार आजदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको हो ।
पछिल्लो समय देशमा उत्पन्न विकसित अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मदेश प्रहरी र मातहतका प्रहरी युनिटहरूलाई हाइ अलर्टमा बस्न भनिएको डिआइजी थपलियाले बताए ।उनका अनुसार प्रहरी मुख्यालयको उक्त निर्देशन पछि अहिले सूक्ष्मरुपमा सबै गतिविधि नियाल्ने काम भइरहेको छ ।
उनी भन्छन्, ‘आजदेखि हामी सबै राजनीतिक गतिविधि बारे सूक्ष्म हिसाबले सूचना लिने काम सुरु गरेका छौ, बिहानको निर्देशन पछि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)साबहरुबाट समन्वय हिसाबले प्रहरी खटाउने कार्य चलिरहेको छ । हाइ अलर्टमा बसेर कडा निगरानीका साथ प्रहरी सक्रियता बढाइको छ ।’ यसको साथै आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको उनले जनाए ।
करिब सात महिना अगाडि (भदौ)मा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार पूर्व प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका छन् ।
यही विकसित राजनीतिक घटनाक्रमले मधेसमा पनि सुरक्षा चुनौती बढ्ने आशंका गरिएको मधेस प्रहरीले जनाएको छ । पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि मधेस प्रदेशमा पनि हाई अलर्ट जारी भएको डिआइजी थपलिया बताउँछन् ।
मधेस प्रदेशमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी ८ वटा जिल्ला छन् । यी ८ वटै जिल्लामा गरी १० बढी प्रहरी जनशक्ति रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण