आजदेखि आईपीएलको महासंग्राम : उद्घाटन खेलमा साविक विजेता बेंगलुरु र हैदरावाद भिड्दै
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको पहिलो खेल रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदरावादबीच हुँदैछ।
- बेंगलुरु र हैदरावादबीच हालसम्म भएका खेलहरूमा हैदरावादले १३ खेल जितेको छ भने बेंगलुरुले ११ खेल जितेको छ।
- खेल बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुनेछ, जहाँ वर्षाको सम्भावना ३% छ।
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको सुरुवात आजबाट हुँदैछ। पहिलो खेल साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदरावाद बिच खेलिनेछ।
खेल बेंगलुरुको होम ग्राउन्ड एम चिन्नास्वामी स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ । बेंगलुरुले गत सिजन पञ्जाब किंग्सलाई पराजित गर्दै आफ्नो पहिलो उपाधि जितेको थियो। उता, हैदरावाद भने प्लेअफका लागि छनोट हुन सकेको थिएन। टोली छैटौं स्थानमा रहेको थियो।
- हेड-टु-हेड
बेंगलुरु र हैदरावादबिच हालसम्म २५ वटा खेल भएका छन्। जसमध्ये १३ खेल हैदरावादले जितेको छ भने ११ खेलमा बेंगलुरुले जित हात पारेको छ। एउटा खेल बराबरीमा सकिएको थियो, जसलाई हैदरावादले सुपर ओभरमा आफ्नो पोल्टामा पारेको थियो।
एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली ८ पटक आमनेसामने भएका छन्, जसमा ५ पटक बेंगलुरु र ३ पटक हैदरावाद विजयी भएको छ।

- तीनै डिपार्टमेन्टमा सन्तुलित बेंगलुरु
बेंगलुरुको टोली ब्याटिङ, बलिङ र अलराउन्डर तीनै डिपार्टमेन्टमा सन्तुलित छ। ब्याटिङमा विराट कोहली र फिल साल्ट जस्ता उत्कृष्ट ओपनर छन्। त्यस्तै, देवदत्त पडिक्कलको लागि घरेलु सिजन उत्कृष्ट रह्यो। पडिक्कल वा वेङ्कटेश अय्यर यसपटक तेस्रो नम्बरमा खेल्दै गरेको देखिन सक्छन्।
मिडिल अर्डरमा टिम डेभिड र जितेश शर्माले पनि आईपीएल २०२५ मा आफ्नो विस्फोटक ब्याटिङले निकै प्रभावित गरेका थिए। उता, रोमारियो शेफर्ड र क्रुणाल पाण्ड्याबाट यस सिजन पनि टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ। वेङ्कटेश अय्यरको आगमनले टोलीको ब्याटिङ अर्डर अझै सन्तुलित देखिएको छ।
जोश हेजलवुडको अनुपस्थितिमा भुवनेश्वर कुमार, रसिख सलाम र ज्याकब डफी महत्त्वपूर्ण बलर हुनेछन्।

- हैदरावादको टप अर्डर बलियो
हैदरावाद फेरि एकपटक आफ्नो टप अर्डरमा निर्भर रहनेछ। अभिषेक शर्मा, ट्राभिस हेड र इशान किशनबाट हैदरावादले राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ। प्याट कमिन्सको अनुपस्थितिमा इशानले सुरुवाती खेलहरूमा कप्तानी गर्दै नजर आउनेछन्। हेनरिक क्लासेन गत सिजन टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए।
फिनिसरको रूपमा अनिकेत वर्माले आईपीएल २०२५ मा प्रभावित गरेका थिए। नितिश रेड्डी र लियाम लिभिङस्टोनबाट पनि हैदरावाद टोलीलाई धेरै आशाहरू हुनेछन्।
टोलीको बलिङ युनिट भने केही कमजोर देखिन्छ। कमिन्सको अनुपस्थितिमा इशान मलिङ्गा, हर्षल पटेल र जयदेव उनादकटले तीव्र गतिको बलिङ आक्रमणको कमान सम्हाल्नेछन्।
टिम अपडेट
बेंगलुरु:
२०२५ मा च्याम्पियन बनाउने लेफ्ट आर्म पेसर यश दयाल पूरै प्रतियोगिताबाट बाहिरिएका छन्। व्यक्तिगत कारणले गर्दा उनी आईपीएल खेल्न पाउने छैनन्। त्यस्तै, उनलाई साथ दिने अस्ट्रेलियाका जोश हेजलवुडले पनि सुरुवाती खेल खेल्ने छैनन्। यी दुवै बलरको भरमा बेंगलुरुले धेरै महत्त्वपूर्ण खेलहरू जितेको थियो।

हैदरावाद:
कप्तान प्याट कमिन्स चोटका कारण सुरुवाती खेल खेल्ने छैनन्। उनले आफैं भनिसकेका छन् कि उनी आईपीएलको दोस्रो हाफलाई लक्षित गर्दैछन्, अर्थात् उनले ६ देखि ८ खेल गुमाउन सक्छन्। अस्ट्रेलियाकै ज्याक एडवर्ड्स चोटका कारण बाहिरिएका छन्, उनको ठाउँमा डेभिड पेनलाई सामेल गरिएको छ। श्रीलंकाका इशान मलिङ्गाले पनि सुरुवाती खेल खेल्ने छैनन्।
- पिच रिपोर्ट: हाइ-स्कोरिङ खेल हुन सक्छ
चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यानहरूका लागि अनुकूल मानिन्छ। यहाँको पिच फ्ल्याट हुन्छ र बल सजिलै ब्याटमा आउँछ, जसले गर्दा ठूला सट खेल्न सजिलो हुन्छ। छोटो बाउन्ड्री र फास्ट आउटफिल्डका कारण यस मैदानमा अक्सर हाइ-स्कोरिङ खेलहरू देख्न पाइन्छ।
यद्यपि, खेलको सुरुवातमा तीव्र गतिका बलरहरूले हल्का मद्दत पाउन सक्छन्। स्पिनरहरूले यहाँ धेरै टर्न पाउँदैनन्, त्यसैले उनीहरू भेरिएसनमा निर्भर रहनुपर्छ। रातिको खेलमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
यस स्टेडियममा कुल १०० आईपीएल खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले ४३ र पहिले बलिङ गर्ने टोलीले ५३ खेल जितेका छन्। ४ खेल नतिजाविहीन रहेका छन्। मैदानको उच्च टिम स्कोर २८७/३ हो, जुन सनराइजर्स हैदरावादले गत वर्ष रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध नै बनाएको थियो।
- बेंगलुरुमा वर्षाको सम्भावना
शनिबार हुने खेलमा वर्षाको सम्भावना रहेको छ, मौसम विभागका अनुसार वर्षा हुने सम्भावना ३% छ। बेंगलुरुको तापक्रम २० देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ। त्यस्तै, हावाको गति करिब ७ किलोमिटर प्रतिघण्टा रहन सक्छ।

- दुवै टोलीको सम्भावित प्लेइङ-१२
रोयल च्यालेन्जर्स बेंगलुरु: विराट कोहली, फिल साल्ट, वेङ्कटेश अय्यर, रजत पाटीदार (कप्तान), क्रुणाल पाण्ड्या, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, सुयश शर्मा, भुवनेश्वर कुमार, रसिख सलाम।
सनराइजर्स हैदरावाद: ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन (कप्तान), हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, लियाम लिभिङस्टोन, अनिकेत वर्मा, हर्षल पटेल, हर्ष दुबे, जीशान अन्सारी, जयदेव उनादकट।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण