चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो
सोमबार, १६ चैत २०८२, १३ : ४२
चीन । चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात् अंगदान भएको छ । यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ ।
यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ । अङ्गदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन् । हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अङ्गदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ ।
चीनले सन् २०१० मा मृत्यु पश्चात् अङ्गदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण