कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि, तस्बिरहरू
सारांश
- नेपाली कांग्रेसका निर्वाचित सांसदलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले बधाई दिएको छ।
- समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ, जसमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा दायर रिटबारे छलफल हुनेछ।
- देउवा-शेखर समूहले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वविरुद्ध सर्वोच्चमा रिट दायर गरेर समानान्तर गतिविधि सुरु गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले सोमबार बधाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी रहेको छ ।
_TumK8ZOhlV.jpg)
समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
_baXqASPL6X.jpg)
निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।
_cEACWiaWLw.jpg)
बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुनेछ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
_t0fs3R83AA.jpg)
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।
_cRiSK4Qnpo.jpg)
_K4csgyO6pJ.jpg)
_yKGvuX4eS2.jpg)
_Q2nje6UKBL.jpg)
_DFR9Naulfr.jpg)
_9rk3fDT8Oo.jpg)
_0T6Nlz4DxK.jpg)
_HF4aDXdAcV.jpg)
_2riPjAsECi.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण