रवि लामिछानेको राहदानी मुद्दामा बेन्च बस्न नसकेपछि सुनुवाइ स्थगित
सारांश
- रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा सुनुवाइ स्थगित भयो किनभने बेन्च बस्न सकेन।
- सर्वोच्च अदालतले लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय कानुनविपरीत रहेको भन्दै युवराज पौडेलले रिट दायर गरेका थिए।
- पौडेलले लामिछानेले राहदानी कुन प्रयोजनका लागि प्रयोग गरे भन्ने विवरण झिक्न माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा बेन्च बस्न नसकेपछि सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटसहित सात वटा पेसी तोकिएको थियो । साथै मेघराज पोखरेलको एकल इजलासमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण रिट सहित सात वटा रिट पेसीमा तोकिएको थियो । पोखरेलको एकल इजलासमा परेको रिटमा सुनुवाइ नसकिएपछि संयुक्त इजलास बस्न नसकेको हो ।
न्यायाधीश रेग्मी र पोखरेलको संयक्त इजलासको १२ नम्बर सूचीमा रहेको लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा बेन्च बस्न नसकेका कारण सुनुवाइ हुन नसकेको हो । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि रिट दिएका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।
यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ ९ख० विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।
राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।
लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका ९दुरुपयोग गरेका० थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ ।
दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
-
छोराको कुटपिटबाट आमाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण