लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
झापा । लागुऔषध नियन्त्रणका लागि सञ्चालित विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत बिहीबार पक्राउ परेका थप ४९ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट ३७ पुरुष र एक महिला गरी ३८ जना सेवनकर्ता तथा ११ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शङ्कास्पद अवस्थामा हिँडडुल गर्नेहरूलाई लक्षित गरी ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको हो । पक्राउ परेकाहरूको साथबाट ५५ ग्राम ९५० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको उनले जानकारी दिए ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार यसपटक सबैभन्दा ठूलो परिमाणमा लागुऔषध दमकबाट बरामद भएको छ । दमक नगरपालिका-८ बस्ने ३२ वर्षीय इन्द्रप्रसाद गिरी र वडा नं ७ नीलकण्ठ टोल बस्ने ३८ वर्षीया सञ्जु खत्रीको साथबाट ४४ ग्राम ४६० मिलीग्राम ब्राउन सुगर फेला परेको छ ।
निजहरूका साथै जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका अन्य कारोबारीहरू गरी कुल ११ जनामाथि लागुऔषध मुद्दा दर्ता गरेर थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अवाले बताए । उनका अनुसार अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३८ जना सेवनकर्तालाई भने जिल्ला प्रहरी कार्यालयमा राखेर मनोपरामर्श सेवा प्रदान गरिएको छ ।
निजहरूलाई आवश्यकता र अवस्था हेरेर बुबाआमा वा अभिभावकको जिम्मा लगाउने तथा थप सुधारका लागि पुनस्र्थापना केन्द्र (सुधारगृह)मा पठाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । यसअघि बुधबार पनि प्रहरीले सञ्चालन गरेको उक्त विशेष अपरेसनका क्रममा ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण