शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

छोराको कुटपिटबाट आमाको मृत्यु

शनिबार, १३ असार २०८३, ०७ : १४
शनिबार, १३ असार २०८३

सारांश

  • भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
  • उदयपुर घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनकै २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
  • गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा राति मृत्यु भएको हो ।

काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप