ह्वाइट हाउसको आधिकारिक मोबाइल एप सार्वजनिक
मङ्गलबार, १७ चैत २०८२, ०० : २५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ह्वाइट हाउसको आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ।
- यो एप प्रयोगकर्ताहरूलाई ट्रम्प प्रशासनसँग पहुँच प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
- एपमार्फत ताजा समाचार, घोषणाहरू र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ह्वाइट हाउसको आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूलाई ट्रम्प प्रशासनसँग पहुँच प्रदान गर्ने उद्देश्यले यो एप ल्याइएको हो ।
राष्ट्रपति ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै एपले आम नागरिकलाई प्रशासनबाट वास्तविक समयमा अपडेट, प्रत्यक्ष भिडियो, फोटो अलर्टहरू प्राप्त गर्ने बताएका छन् ।
एप स्टोरहरूमा डाउनलोडका लागि उपलब्ध भइसकेको यो एपमार्फत ताजा समाचारका अलर्ट, घोषणाहरू र प्रशासनका अन्य मुख्य प्राथमिकताहरूबारे जानकारी पाउन सकिने बताए ।
प्रयोगकर्ताले ब्रिफिङ, भाषण र अन्य महत्त्वपूर्ण क्षणहरूको प्रत्यक्ष प्रसारण पनि हेर्न सक्नेछन् । साथै, नीतिगत पहल र अन्य विषयहरूमा पनि अपडेट रहन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण