हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त
मङ्गलबार, १७ चैत २०८२, ०९ : ५५
सारांश
- जुम्लामा कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहतालाई लालपुर्जा हस्तान्तरण गरियो।
- पातारासी गाउँपालिका वडा ३, लोठचौरमा ६ हजार १२० वर्ग मिटर जग्गा उपलब्ध छ।
काठमाडौँ । कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा सोमबार हस्तान्तरण गरेका हुन् ।
पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएको प्रमुख न्यौपानेले जनाएका छन् । जग्गाको क्षेत्रफल ६ हजार १ सय २० वर्ग मिटर रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण