राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा
मङ्गलबार, १७ चैत २०८२, १२ : ४४
सारांश
- राप्रपाका नेता बद्रीप्रसाद चौलागाईले निर्वाचनमा पार्टीले राम्रो मत ल्याउन नसकेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएका छन्।
- उनले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्।
- गत निर्वाचनमा राप्रपाका गोपीकृष्ण चौलागाईले १६८१ मत प्राप्त गरेका थिए।
काठमाडौँ । गत निर्वाचनमा पार्टीका उम्मेदवारले उल्लेख्य मत ल्याउन नसकेको नैतिक जिम्मेवारी लिँदै राप्रपाका एक नेताले पदबाट राजीनामा दिएका छन् । राप्रपाका पूर्व केन्द्रीय सदस्यसमेत रहेका र हाल सिन्धुपाल्चोकको मेलम्ची नगरसमिति वडानम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै आफूले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा राप्रपाका गोपीकृष्ण चौलागाई उम्मेदवार बनेका थिए । उनले १६८१ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण