सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ट्रम्प युद्धबाट बाहिरिए, बाँकी संसारले चुकाउनुपर्नेछ मूल्य

बुधबार, १८ चैत २०८२, १४ : ५९
बुधबार, १८ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प इरान युद्धबाट बाहिरिन तयार देखिएका छन्।
  • ट्रम्पले युद्धको परिणाम आफैंले भोग्नुपर्ने चेतावनी दिँदै तेल आफैं ल्याउन भनेका छन्।
  • इरानले हर्मुज स्ट्रेट बन्द गरेपछि विश्वभर इन्धन आपूर्तिमा असर परेको छ र मूल्य बढेको छ।

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः इरान युद्धबाट बाहिरिन तयार रहेको देखिएका छन् ।

पहिला नै सूचना नपाएर वा युद्धमा होमिन नचाहेर वा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने स्थितिमा नपर्न इरान युद्धमा सामेल हुन नमानेका अमेरिकाका सहयोगी देशहरूलाई ट्रम्पले युद्धको परिणाम आफैंले भोग्नुपर्ने चेतावनी दिइरहेका छन् । ट्रम्पले मा लेखेका छन, ‘तिमीहरू आफ्नै तेल आफै ल्याऊ ।’ यसअघि सीएनएनलाई स्रोतहरूले बताएअनुसार ट्रम्प प्रशासनले इरानमा आफ्नो मिसन पूरा हुने घोषणा गर्नु अघि स्ट्रेट अफ हर्मुजमा आवागमन सुचारु बनाउने वाचा गर्न सक्दैन ।

पछि ट्रम्पले दुई–तीन हप्ताभित्र युद्ध समाप्त हुने भविष्यवाणी गरे । ओभल अफिसमा पत्रकारहरूलाई उनले भने, ‘स्ट्रेटमा जे–जे हुन्छ, त्योसँग हाम्रो कुनै सरोकार हुने छैन ।’ इरानले स्ट्रेट अफ हर्मुजलाई ठप्प प्रायः पारेर विश्व बजारमा यस मार्ग भएर जाने २० प्रतिशत तेल रोकेको छ । यसको असरले गर्दा अहिले विश्वभर इन्धनको आपूर्ति सीमित बनेको छ भने भाउ पनि बढेको छ । युद्धको अन्त्यमा यदि इरानले यस रणनीतिक जलमार्ग नियन्त्रणमा राख्यो भने यसलाई ठुलो रणनीतिक सफलता मानिनेछ ।

ट्रम्पले युद्ध अन्त्य गर्न चाहेको संकेत देखिँदै गर्दा अमेरिकी अधिकारीहरूले यसको परिणामबिना युद्ध अन्त्य गर्ने भाषिक तयारी गरिरहेको देखिएको छ । रक्षामन्त्री पिट हेग्सेथले मंगलबार इरानमा शासन परिवर्तन हासिल गरिसकेको भनेका थिए । तर फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनीको निधनपछि उनका माइला छोरा सर्वोच्च नेता बनेका छन् । यसको अर्थ इरान अझै पनि अमेरिकाविरोधी इस्लामिक कट्टरपन्थीको नियन्त्रणमा छ ।

ट्रम्प प्रशासनले इरान युद्धमा सफलता परिभाषित गर्न खोजिरहेको छ । छङम्पले ४ देखि ६ हप्ताभित्र इरान युद्ध सक्काउन खोजेका छन् । युद्ध अब अर्को दुई हप्तामा सक्किने ट्रम्पको दाबी छ । तर स्थिति हेर्दा ४–६ हप्ते समयसीमा युद्ध सक्न अमेरिकालाई निकै दबाब भइरहेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप