शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
समाचार

दुई जना दाबेदार भएपछि एमालेले संसदीय दलको नेता छान्न सकेन, आजै चुनाव हुने

बुधबार, १८ चैत २०८२, १५ : ३३
बुधबार, १८ चैत २०८२

काठमाडौँ । आकांक्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ । 

बुधबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो ।

एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरुबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप