बङ्गलादेशका मन्त्री मिन्टु र राजदूत भण्डारीबिच भेटवार्ता
बुधबार, १८ चैत २०८२, १७ : १६
सारांश
- नेपालका राजदूत घनश्याम भण्डारी र बङ्गलादेशका वातावरण मन्त्रीबीच भेटवार्ता भयो।
- भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र सहकार्यबारे छलफल भयो।
- वन, वातावरण र जलवायु परिवर्तनमा सहकार्य बढाउने विषयमा छलफल केन्द्रित थियो।
काठमाडौँ । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएकाे भेटमा नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न आयामहरूबारे विचार आदान प्रदान भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा दुई देशबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
विशेषगरी वन संरक्षण, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उपायहरूबारे दुवै पक्षबिच छलफल भएको दूतावासले जनाएको छ । भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण