स्ट्यान्फोर्ड विश्वविद्यालयले जित्यो माओको सचिवको डायरी राख्ने मुद्दा
वासिङटन डीसी । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयले आधुनिक चीनका संस्थापक माओ त्सेतुङका पूर्वसचिव लि रुईका डायरीहरू आफ्नो स्वामित्वमा राख्न पाउने भएको छ ।
क्यालिफोर्नियाको अदालतले उक्त निर्णय सुनाएको हो । जीवनको पछिल्ला दिनहरूमा लि रुई चिनियाँ कम्प्युनिष्ट पार्टी (सीसीपी)का आलोचकका रूपमा चिनिन्थे । उनले दशकौँसम्म सावधानीपूर्वक डायरी लेखेका थिए । यी डायरीहरू आधुनिक चीनको इतिहास बुझ्न अत्यन्त महत्वपूर्ण दस्तावेज मानिन्छन् । यी दस्तावेजहरूमा सन १९३८ देखि २०१९ सम्मका डायरी, पत्राचार, बैठकका टिपोट, व्यक्तिगत टिप्पणी, कविता र तस्बिरहरू समावेश छन् । यसले सीसीपीको शासनकालको लामो अवधि समेट्छ ।
लिको जीवनकालमै उनकी छोरीले उनका डायरीहरू हूभर इन्ष्टिच्यूटमार्फत स्ट्यानफोर्डलाई दान गर्न थालेकी थिइन् । यो दान पिताको इच्छाअनुसार भएको उनले भनेकी छिन् । तर लिको निधनपछि उनकी श्रीमतीले ती दस्तावेजहरू बेइजिङ फिर्ता गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेकी थिइन् । स्ट्यानफोर्डले भने यसलाई चिनियाँ सरकारी सेन्सरशिपविरुद्धको लडाइँको रूपमा प्रस्तुत गर्दै डायरीहरू फिर्ता भएमा ती प्रतिबन्धित वा नष्ट हुन सक्ने तर्क गरेको थियो ।
अदालतले मंगलबार दिएको निर्णयमा उक्त दान कानुनी रूपमा वैध र लि रुईको इच्छाअनुसार भएको ठहर गरेको छ । साथै लि रुईले आफ्ना कागजातहरू सीसीपीद्वारा गोप्य राखिने, सम्पादन गरिने वा नष्ट गरिने आशंका गरेका कारण ती चीन बाहिर सुरक्षित राख्न चाहेको निष्कर्ष पनि अदालतले निकालेको छ ।
यो निर्णयले आधुनिक चीनको इतिहाससम्बन्धी महत्वपूर्ण प्रत्यक्ष अभिलेखहरू अध्ययनका लागि खुला रहने सुनिश्चित गरेको हुभर इन्ष्टिच्यूटका अहिलेका निर्देशक तथा पूर्वअमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण