शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा सार्वजनिक यातायात बन्द, सयौँ यात्रुहरू अलपत्र

शुक्रबार, २० चैत २०८२, १० : २३
शुक्रबार, २० चैत २०८२

सारांश

  • सुर्खेतमा यातायात व्यवसायीहरूले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू बन्द गरेका छन्।
  • यातायात मजदुरमाथि भएको प्रहरी धरपकड र रातो प्लेटका सवारी साधनको विरोधमा यातायात बन्द गरिएको हो।
  • यातायात बन्द हुँदा वीरेन्द्रनगर बसपार्कमा सयौँ यात्रुहरू अलपत्र परेका छन्।

सुर्खेत । सुर्खेतमा शुक्रबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू बन्द गरिएको छ । यातायात व्यवसायीहरूले वीरेन्द्रनगरस्थित बसपार्कबाट छुट्ने सवारी साधनहरू बन्द गर्ने निर्णय गरेका हुन् । जसका कारण सयौँ यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।

यातायात व्यवसायीहरूले सार्वजनिक सवारीका मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाएका छन् । साथै, निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीहरूलाई खुला छाडिएको पनि उनीहरूको भनाइ छ ।

सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएको उनीहरुले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले यात्रुहरूलाई अनावश्यक तानातान गर्ने, दुख दिनेहरूलाई नियन्त्रणमा लिएको बताए ।

‘उहाँहरूले सर्वसाधारण यात्रुहरूमाथि अनावश्यक दुख दिने, तानातान गर्ने गरेका कारण हामीले कारबाही गरेको हो,’ उनले भने, ‘यातायात बन्दको विषयमा के हो हामी छलफल गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप