‘खाडी क्षेत्र बस्नै नसक्ने बनाइँदैछ’
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धबिच यस अघि तेल प्रशोधन केन्द्रलाई निशाना बनाइँदै आएको थियो । अब भने निशाना ऊर्जा र डिसालिनेसन केन्द्रतिर सरेको छ ।
इरानले शुक्रबार कुवेतको ऊर्जा र डिसालिनेशन केन्द्रमा हमला गर्यो । यस क्रममा यी केन्द्रको केही हिस्सामा भौतिक क्षति पुगेको कुवेतको ऊर्जा तथा जल मन्त्रालयले भनेको छ । यी आक्रमणले यस क्षेत्र बस्नै नसकिने अवस्थामा पुग्ने चिन्ता बढेको छ ।
इरानमाथि रातारात गरिएका हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ धेरै आक्रमण हुने चेतावनी दिएका छन् । विद्युत् प्लान्टहरू पनि निशाना बन्न सक्ने सङ्केत गरेका छन् ।
यसले खाडी क्षेत्रमा ठुलो चिन्ता थपेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले इजरायलबाहेक पश्चिम एसियाली देशहरूमाथि पनि प्रतिरोधात्मक आक्रमण गरिरहेको छ ।
खाडी क्षेत्र अत्यन्त सुख्खा भएकाले यहाँको जीवन पूर्ण रूपमा ऊर्जा र डीसालिनेसन प्लान्टमा निर्भर छ । करिब ९० प्रतिशत खानेपानी समुद्री पानी प्रशोधन गरेर निकालिन्छ ।
युद्धका क्रममा यी प्लान्टहरूमै निशाना बनाउन थालियो भने छिट्टै यो क्षेत्र बस्नै नसक्ने बन्नेछ । यस अवस्थाले क्षेत्रीय नेताहरूलाई गम्भीर रूपमा चिन्तित बनाएको छ ।
लामो समयसम्म खाडीका साना देशहरू पश्चिम एसियाका अन्य द्वन्द्वबाट टाढा रहेर समृद्ध भएका थिए । तर अहिले त्यो अवस्था परिवर्तन हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण