सभामुख अर्याल दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ : डा. वाग्ले
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल दलीय आबद्धता नराखी तटस्थ रहने विश्वास व्यक्त गरेका छन् ।
- उनले अघिल्ला सभामुखहरूले स्थापित गरेका संसदीय मानकलाई अर्यालले थप बलियो बनाउने अपेक्षा राखेका छन् ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल दलीय आबद्धता नराखेर तटस्थताका साथ प्रतिनिधि सभालाई अगाडि बढाउने विश्वास आफ्नो रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने रवि लामिछानेको प्रस्तावको समर्थन गर्दै मन्त्री डा. वाग्लेले भने, ‘दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ । खरो साबित हुनुहुनेछ ।’
उनले यसअघिका ३ सभामुखको उदाहरण दिँदै उनीहरूले स्थापित गरेका मानकलाई अर्यालले झन् बलियो बनाउने अपेक्षा आफूले राखेको बताए ।
डा. वाग्लेले २०१५ सालमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सरकार सत्तापक्षको र संसद् विपक्षको हुनुपर्छ भन्दै स्थापित गरेको मानक, त्यसलाई २०४८ सालको निर्वाचनपछि सभामुख भएका दमननाथ ढुङ्गानाले दिएको निरन्तरता र ०६५ को निर्वाचनपछि त्यो बेला संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई पार लगाउन सभामुखका रूपमा सुवासचन्द्र नेम्वाङले निभाएको भूमिकाको मानलाई निरन्तरता अर्यालले दिनेमा आफू विश्वस्त रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण