दुई दिन बिदा : व्यवस्थापन मिलाउन सक्यो भने ठिक, नसके गाह्रो
सारांश
- मन्त्रिपरिषद्ले सरकारी कार्यालय र शिक्षण संस्थामा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- प्रशासनका जानकारहरूले यो निर्णयको प्रभावकारिता व्यवस्थापनमा भर पर्ने बताएका छन्।
- बिदाको समयमा अत्यावश्यक सेवालाई निरन्तरता दिँदै कार्यालय समयमा कडाइ गर्नुपर्ने सुझाव दिइएको छ।
काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । त्यसलाई प्रशासनका जानकारहरूले व्यवस्थापन मिलाउन सके उपयुक्त हुने र नसकेमा झन् गाह्रो हुने बताउँछन् ।
प्रशासकीय अदालतका पूर्वअध्यक्ष एवं प्रशासन सुधार सुझाव समितिका संयोजकसमेत रहिसकेका काशीराज दाहालले सातामा दुई दिन बिदा दिने निर्णय व्यवस्थापन मिलाउन सके उपयुक्त रहेको बताए ।
‘व्यवस्थापन मिलाउन सकियो भने सातामा दुई दिन बिदा दिने निर्णय उपयुक्त हुन्छ,’ दाहालले रातोपाटीसँग भने, ‘इन्धनको खपत हुन सक्छ । नजिकै घर भएकाले खेतीपातीका लागि समय निकाल्न सक्छन् । परिवारसँग बिताउन सक्छन् ।’
बिदा दिने बेलामा अत्यावश्यक सेवा दिनु पर्ने कार्यालय खोल्ने र सामान्य सर्भिस डेलिभरी दिने कार्यालयलाई दिने व्यवस्था मिलाउनु पर्ने उनले बताए । ‘सर्भिस डेलिभरी बढी हुने कार्यालयमा दुई दिन दिनुहुँदैन । अन्यमा मिलाएर दिन सक्नुपर्छ,’ दाहालले भने ।
उनले बिदा दिएपछि कार्यालय समयमा कडाइ गर्नुपर्ने बताए । ‘प्रभावकारी हुन कार्यालय समयमा कडाइ गर्नुपर्छ,’ उनले भने, ‘शुक्रबारबाट बिदा हुन्छ भनेर कार्यालयमा पुगेर हाजिर गरेर हिँड्ने, सोमबार पनि ४ बजेतिर मात्रै हाजिर गर्न मात्रै पुग्यो भने यो निर्णय प्रभावकारी होइन, गाह्रो हुन्छ ।’
अन्य मुलुकका मेट्रोपोलिटियन सिटीमा यस्ता बिदा प्रचलनमा रहेका र प्रभावकारी रहेका उनले बताए । तर, नेपालमा भने काम गर्ने भन्दा ठग्ने बढी रहेका प्रभावकारी हुनेमा शङ्का रहेको उनको भनाइ थियो।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण