शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रहितमा राजनीतिक दलबिच सहकार्य अनिवार्य : निशा डाँगी

सोमबार, २३ चैत २०८२, १४ : १२
सोमबार, २३ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रहितका लागि राजनीतिक दलहरूबिच सहकार्य अनिवार्य रहेको बताएकी छन्।
  • उनले राजनीति आरोप प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्नेमा जोड दिइन्।
  • सांसद डाँगीले आफूहरू सदन र सरकारमा शासन गर्न नभई जनताको सेवा गर्न आएको उल्लेख गरिन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डाँगीले राष्ट्रहितमा राजनीतिक दलहरूबिच सहकार्य अनिवार्य रहेको बताएकी छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद डाँगीले राजनीति आरोप प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्ने बताइन् । ‘राष्ट्रहितमा सहकार्य अनिवार्य छ,’ डाँगीले भनिन्, ‘राजनीति आरोप प्रत्यारोपको मात्रै होइन, परिवर्तनका लागि गर्नुपर्ने बेला आएको छ ।’ 

उनले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको विजय नागरिकको अपेक्षा र आशाको विजय भएको बताइन् । यो विजय कुनै एक दलको विजय नभएको उनको भनाइ थियो । 

आफूहरू सदन र सरकारमा शासन होइन, सेवा गर्न आएको उनको भनाइ थियो । सरकार र सदनले यही भावनाले निर्णय गर्नुपर्ने डाँगीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप