अर्कैको डिजाइनमा बनेको सरकारलाई प्रचण्ड–माधवले आफूले बनाएको दाबी गरे : झलनाथ खनाल
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेनजी आन्दोलनपछिको अन्तरिम सरकार अर्कैको डिजाइनमा बनेको दाबी गरेका छन्।
- प्रचण्ड र माधव नेपालले आफ्नै पहलमा सरकार बनाएको भनी गरेको दाबीप्रति खनालले असहमति जनाएका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले जेनजी आन्दोलनपछिको अन्तरिम सरकार अर्कैले डिजाइनमा बनेको दाबी गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा खनालले पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार डिजाइन अनुसार बनेको आरोप लगाएका हुन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले रातभरि बसेर आफ्नै पहलमा सरकार गठन भएको दाबीप्रति उनले असहमति जनाएको एक नेताले बताए ।
‘वरिष्ठ नेता झलनाथजीले लम्बेतान भाषण गर्नुभएको थियो । बैठकमा इतिहासदेखि अहिलेसम्म भएका घटनाक्रमबारे धारणा राख्नुभयो । जेनजी विद्रोहपछि सरकार बनाउन प्रचण्ड र माधवजीले आफ्नै अग्रसरतामा बनाएको भन्नुभयो’, ती नेताले, रातोपाटीसँग भने, ‘तर त्यो सरकार उहाँहरूले बताएको थिएन । त्यो अर्कैको डिजाइनमा बनेको सरकार थियो । कुन उद्देश्यका लागि कसले सरकार बनायो भनेर पत्तै पाउनुभएन भन्नुभएको थियो ।’
चैत १९ संयोजक प्रचण्डले चुनावी समीक्षा सम्बन्धी १० पृष्ठको प्रतिवेदन बैठकमा पेस गरेका थिए । सोही प्रस्तावमाथि सोमबारबाट नेताहरूले आ–आफ्ना धारणा राखेका छन् । आज १३ जनाले लिखित र मौखिक सुझाव दिएका छन् । खनाल सहित वामदेव गौतम, जगन्नाथ खतिवडा, राजेन्द्र श्रेष्ठ लगायत नेताहरू लिखित सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण