ट्रम्पको धम्कीपछि इरानको कडा चेतावनीः तेल र ग्यास आपूर्ति अवरुद्ध हुन सक्छ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण बयानपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले कडा चेतावनी दिएको छ।
- इरानले अमेरिकाले सीमा नाघेमा तेल र ग्यास आपूर्ति अवरुद्ध गर्ने चेतावनी दिएको छ।
- इरानी दूतावासले अमेरिका र उसका सहयोगीहरूले कहिल्यै नबिर्सिने जवाफ पाउने बताएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति 'एउटा सभ्यता ध्वस्त हुनेछ' भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।
आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ ।
राष्ट्रपति ट्रम्पको बयानमा अमेरिकालाई चेतावनी दिँदै आईआरजीसीले अमेरिकी सेनाले आफ्नो सीमा नाघे उनीहरूको प्रतिक्रिया यस क्षेत्रभन्दा पनि बाहिरसम्म पुग्ने चेतावनी दिएको छ । अमेरिका र यसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउने र वर्षौंसम्म तेल ग्यासको आपूर्ति अवरुद्ध गर्न सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।
अमेरिकाले पहिल्यै इरानका धेरै ठेगानाहरूलाई निशाना बनाएको छ । यसमा खार्ग टापु, पुल, विद्युत् ऊर्जा केन्द्र र अन्य महत्त्वपूर्ण स्थानहरू समावेश छन् ।
आईआरजीसीका अतिरिक्त, दक्षिण अफ्रिकास्थित इरानी दूतावासले पनि ट्रम्पको धम्कीमा कडा प्रतिक्रिया व्यक्त गरेका छन् । इरानले अमेरिका र यसका सहयोगीहरूले इरानको प्राचीन सभ्यताबाट यस्तो जवाफ पाउने र जसलाई उनीहरूले कहिल्यै बिर्सन नसक्ने भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण