चीनको सुपर कम्प्युटर ह्याक, चोरीको डाटा बेच्ने प्रयास
सारांश
- चीनको तियानजिनस्थित सरकारी सुपर कम्प्युटर ह्याक गरी करिब १० पेटाबाइटभन्दा बढी संवेदनशील डाटा चोरी भएको छ।
- फ्लेमिंग चाइना नामक समूहले सैन्य अनुसन्धान, एरोस्पेस र क्षेप्यास्त्र डिजाइनसहितको चोरी भएको डाटा बिक्री गर्न खोजिरहेको छ।
- ह्याकरहरूले उक्त डाटाको पूर्ण पहुँचका लागि क्रिप्टोकरन्सीमार्फत लाखौँ डलर मागिरहेका छन्।
बेइजिङ । चीनको एक सरकारी सुपर कम्प्युटरमा ह्याकिङ भएको र ठुलो मात्रामा संवेदनशील डाटा चोरी गरेर बिक्री गर्न खोजिएको घटना सार्वजनिक भएको छ । यो घटनालाई चीनबाट भएको अहिलेसम्मकै सबैभन्दा ठुलो डाटा चोरीको घटनामध्ये एक मानिएको छ ।
साइबर विशेषज्ञहरूका अनुसार करिब १० पेटाबाइट भन्दा बढी संवेदनशील जानकारी चोरी भएको दाबी गरिएको छ । उक्त डेटा तियानजिनमा रहेको राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्रबाट लिइएको हुनसक्ने विश्वास गरिएको छ, जसले चीनभरिका ६ हजारभन्दा बढी संस्थालाई सेवा प्रदान गर्दै आएको छ । यसमा रक्षा र वैज्ञानिक निकायहरू पनि समावेश छन् ।
फ्लेमिंग चाइना नाम गरेको समूहले टेलिग्राममा फेब्रुअरी ६ मा डेटा नमुना सार्वजनिक गर्दै एरोस्पेस इन्जिनियरिङ, सैन्य अनुसन्धान, बायोइन्फर्मेटिक्स र अन्य क्षेत्रका सामग्री समावेश भएको दाबी गरेको छ ।
उनीहरूले यो डेटा एभिएशन इन्डस्ट्री कर्पोरेसन अफ चाइना, कमर्शियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना तथा नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजी जस्ता शीर्ष संस्थासँग सम्बन्धित रहेको बताएका छन् ।
साइबर सुरक्षा विज्ञहरूले नमुना डाटा हेरेपछि प्रारम्भिक रूपमा यसको विश्वसनीयता देखिएको बताएका छन् । केही फाइलहरूमा गोप्य चिन्ह लगाइएका कागजात, प्राविधिक फाइलहरू, एनिमेटेड सिमुलेसन तथा बम र क्षेप्यास्त्रसम्बन्धी डिजाइनहरू समावेश रहेको बताइएको छ ।
यो डाटा ह्याकरहरूले हजारौँ डलरमा सीमित नमुनाका रूपमा र पूर्ण पहुँचका लागि लाखौं डलरसम्ममा बिक्री गर्न खोजिरहेका छन् ।
भुक्तानीका लागि क्रिप्टोकरन्सी मागिएको छ । यद्यपि, सीएनएनले उक्त डाटा र दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । यस विषयमा चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र साइबर स्पेस प्रशासनसँग प्रतिक्रिया मागिएको भए पनि औपचारिक प्रतिक्रिया नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण